तीजमा ताप्लेजुङ सम्झाउँदै अन्जु, जुनु र देवीका
काठमाडौँ - यस वर्षको तीजको अवसरमा ताप्लेजुङ समाज नेपालले काठमाडौँमा ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्दैछ । यस कार्यक्रमलाई जन्मभूमिको सम्झना, मौलिक संस्कृति, लोकसंगीत, नृत्य र नारी सम्मानलाई एउटै थलोमा जोड्ने उत्सवका रूपमा बनाउने तयारी समाजको छ ।
पाथीभरा दिदीबहिनी समूह, काठमाडौँको सह–आयोजनामा हुने कार्यक्रममा ताप्लेजुङको मौलिक कला, संस्कृति र सांगीतिक पहिचानलाई विशेष प्राथमिकता दिइएको छ । सुकेधारा–धुम्बाराहीस्थित कार्की पार्टी प्यालेसमा हुने कार्यक्रममा नौमती बाजाको स्वागत प्रस्तुति रहनेछ । नौमती बाजाको धुनले ताप्लेजुङका गाउँघर, डाँडापाखा, विवाह–समारोह र पुराना चाडपर्वका सम्झनालाई ताजा बनाउने अपेक्षा छ ।
कार्यक्रमकी प्रमुख सांगीतिक आकर्षणमध्ये एक हुन् गायिका अन्जु गौतम । अन्जुले आफ्ना लोकप्रिय लोक तथा तीज गीतमार्फत ताप्लेजुङका पुराना गाउँ, लेक–बेँसी, गोरेटो बाटो र गाउँघरका आत्मीय सम्झनालाई काठमाडौँसम्म ल्याउनेछिन् । अर्की गायिका जुनु प्रसाईको प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बन्ने समाजले जनाएको छ । उनको गीत ‘ताप्लेजुङको हाङपाङ हो घर, माया लाउन आऊ वरवर’ ले गाउँको सम्झना गराउनेछ । उनका अन्य प्रस्तुतिले कहिले थुम्बेदिन, कहिले देवलिङ्गे र कहिले तिरबरे–फावाखोलाका गाउँ–ठाउँ र पुराना सम्झनालाई मनमा उतार्नेछन् ।
यतीमात्र होइन, ताप्लेजुङकी छोरी तथा डान्सर देवीका गौतमको विशेष नृत्य प्रस्तुति पनि अर्को आकर्षण हुनेछ । देविकाको ऊर्जावान प्रस्तुतिले मञ्चमा तीजको रौनक थप्नेछ । त्यससँगै संगिनी, पालाम र स्याप्रु नृत्यलगायत मौलिक सांस्कृतिक प्रस्तुतिले जिल्लाको सांस्कृतिक पहिचानलाई काठमाडौँको मञ्चमा जीवन्त बनाउनेछन् ।
कार्यक्रमको सांगीतिक पक्ष जति आकर्षक छ, ताप्लेजुङ नारी सम्मान–२०८३ यसको उत्तिकै महत्वपूर्ण पाटो रहेको समाजले जनाएको छ । शिक्षा, राजनीति, सरकारी सेवा, स्वास्थ्य, सामाजिक सेवा, पर्यटन, उद्यमशीलता, कृषि, साहित्य, कला, पत्रकारिता, खेलकुद, विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका महिलालाई सम्मान तथा प्रशंसापत्र प्रदान गर्न लागिएको हो ।
समाजले काठमाडौँमा रहेका सम्पूर्ण ताप्लेजुङवासी, दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई तीजको उल्लाससँगै आफ्नो जन्मभूमिको कला, संस्कृति, संगीत र नारी शक्तिको उत्सवमा सहभागी हुन आग्रह गरेको छ ।
ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विशेष छुटमा चामल बिक्री सुरु
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले
ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने आठवटै टिमको टुङ्गो लाग्यो
ताप्लेजुङ - अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठवटै टिमको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने
ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ
ताप्लेजुङ - ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब २१ प्रतिशत बढी धान रोपाइँ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा

प्रतिकृया दिनुहोस