डा. ताम्राकारको नेतृत्वमा आठराई त्रिवेणीमा सञ्चालित शिविरबाट साढे दुई सय बढी नागरिक लाभान्वित
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा केही दिन अघि मात्रै निःशुल्क दन्त शिविर सम्पन्न गर्नु भएका डा. शंशाक ताम्राकारले पुन आठराई त्रिवेणी गाउँपालिकाबाट नयाँ अभियान सुरु गर्नू भएको छ । ग्रामीण भेगदेखि सुविधासम्पन्न अस्पतालसम्म पुगेर उपचार गराउन नसक्ने नागरिकको सेवाका लागि आयोजना गरिएको निःशुल्क शिविर आठराई त्रिवेणी गाउँपालिकाबाट सुरु गर्नुभएको हो ।
स्थानीय खगेन्द्र पोमु लिम्बूकी स्वर्गीय पत्नी सुन्दरी तुम्बाहाङ्फे पोमुको स्मृतिमा उहाँकी जेठी छोरी कविता (नुमा) पोमु लिम्बू को मुख्य आयोजना तथा व्यवस्थापनमा सञ्चालन गरिएको शिविरको पहिलो दिन २ सय ५६ जना नागरिक लाभान्वित भएको स्थानीय नवीन पोमु लिम्बूले जानकारी दिनुभएको छ ।
रेडबुल कम्पनीको आर्थिक सहयोगमा सञ्चालित शिविरमा आठराई त्रिवेणी गाउँपालिकाको निगुरादिन, फुलबारी, हाङपाङ, पाँचथरको हिलिहाङ गाउँपालिकास्थित आङ्बुङ र माझीगाउँ र तेह्रथुमको आठराई गाउँपालिका ह्वाकुका गरी कुल २ सय ५६ जना बिरामीले प्रत्यक्ष लाभ लिएको पोमुले बताउनुभयो ।
शिविरमा डा. ताम्राकार, डा. अविनाश कुमार यादव, डा. सुजित कुमार साह र डा. अनिश कार्कीसहित १० जना स्वास्थ्यकर्मीको टोलीले दन्त रोगीहरूको परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरलाई सफल बनाउन पालिकाका स्वास्थ्य शाखा प्रमुख समीर प्रधान, जनस्वास्थ्य अधिकृत सुनिता तामाङ, निघुरादिन स्वास्थ्य चौकी इन्चार्ज मनु खुदाङ लगायत स्थानीय स्वास्थ्यकर्मीहरूले सहजीकरण गर्नुभएको थियो ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ता आङ्बुहाङ र प्रमुख चिकित्सक डा. ताम्राकारले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । आफ्ना पालिकाका नागरिकको सेवाका लागि आउनु भएका डा. ताम्राकारको टोलीलाई अध्यक्ष पोमु, उपाध्यक्ष आङबुहाङ लगायतको स्वागत तथा सम्मान समेत गर्न भएको थियो । शिविरको दोश्रो दिन आइतबार मिक्वाखोला गाउँपालिका पुगेर सेवा प्रवाह गर्ने तयारी भइरहेको बताइएको छ । मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र फुङ्फुङगे झरना आसपासका बस्तीमा सेवा प्रदान गर्ने तयारी छ । त्यसपछि पापुङ, तोक्पेगोला लोदेन लगायतको क्षेत्रमा सेवा प्रवाह गर्ने तालिका समेत तय भएको छ ।
ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने आठवटै टिमको टुङ्गो लाग्यो
ताप्लेजुङ - अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठवटै टिमको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने
ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ
ताप्लेजुङ - ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब २१ प्रतिशत बढी धान रोपाइँ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री
ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ

प्रतिकृया दिनुहोस