मंगलबार-भदौ-२-२०८३/ 18-Tuesday-August-2026

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

रेडियो तमोर
|

 

काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो ।

 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो ।पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ । २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।

 

प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावलगायत कारण नाफा घटेको प्राधिकरणको भनाइ छ । त्यस्तै घरायसी प्रयोजनका लागि गार्हस्थ सेवाग्राहीलाई २० युनिटसम्म निःशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ ।

 

यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बिजुलीमा ५ प्रतिशत र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाएका बेला उर्जामन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनुभएको हो । यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्ययोजनासमेत अघि बढाइएको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४०० पुग्यो

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

ताप्लेजुङ - डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपे सँगको सहकार्यमा