बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

फुङ्लिङमा सुरु भयो बजाज मोटरसाइकल एक्सचेन्ज अफर

रेडियो तमोर
|

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित मेवाखोला हिल रिसोर्टमा लाखेजात्रा पर्वको अवसरमा बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज अफर सुरु भएको छ। हङ्सराज हुलास शोरुमले एक्सचेन्ज अफर भदौ १७ गतेदेखि सुरु गरेको हो । 

 

कम्पनीका अनुसार यो अफर आगामी भदौ २२ गतेसम्म रहनेछ । अफरअन्तर्गत बजाजका सम्पूर्ण मोडलका मोटरसाइकल उपलब्ध भएका छन । पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई विशेष छुट तथा आकर्षक सुविधा प्रदान गरिने कम्पनीली जनाएको छ ।

 

लाखेजात्रा पर्वको अवसरमा ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको एक्सचेन्ज अफरमा पुरानो मोटरसाइकलको उचित मूल्याङ्कन गरी नयाँ मोटरसाइकल खरिद गर्ने अवसर प्रदान गरिनेछ । साथै, बजाजका विभिन्न मोडल तथा तिनका विशेषताबारे ग्राहकलाई आवश्यक जानकारीसमेत उपलब्ध गराइने बताइएको छ ।

 

ताप्लेजुङमा मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दै गएको तथा नयाँ प्रविधि र सुविधासहितका मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढिरहेका बेला एक्सचेन्ज अफरले उपभोक्तालाई थप सहजता प्रदान गर्ने कम्पनीको अपेक्षा रहेको छ । 

 

 

आयोजक हङ्सराज हुलास शोरुमले लाखेजात्राको अवसरमा सञ्चालन गरिएको विशेष अफरको लाभ लिन सबै ग्राहकलाई आग्रह गरेको छ । भदौ २२ गतेसम्म मेवाखोला हिल रिसोर्टमा पुगेर बजाजका सम्पूर्ण मोडलका मोटरसाइकल तथा एक्सचेन्ज सुविधाबारे जानकारी लिन सकिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४०० पुग्यो

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल