बिहीबार-कार्तिक-१२-२०८३/ 29-Thursday-October-2026

वैदेशिक व्यापार ४० प्रतिशतभन्दा धेरैले बढ्यो, निर्यात खर्ब माथि

रेडियो तमोर
|

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको आकार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ४०.७१ प्रतिशतले विस्तार भई ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको हो ।

 

गएको आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँ मात्रै थियो ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात व्यापारले इतिहासमै पहिलो पटक खर्बको आँकडा पार गरेको छ ।

 

साउनदेखि असोज मसान्तसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ जुन गएको वर्षको तुलनामा ५७.३ प्रतिशतले धेरै हो ।  निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलको रहेको छ ।

 

यस्तै आयात पनि ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात निकै कम रहँदा यस अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

 

कुल व्यापारमा निर्यातको हिस्सा बढेर १५.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घटेर ८४.९८ प्रतिशतमा झरेको छ ।

 

यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ भने चीन दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

फुङ्लिङमा सुरु भयो बजाज मोटरसाइकल एक्सचेन्ज अफर

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित मेवाखोला हिल रिसोर्टमा लाखेजात्रा पर्वको अवसरमा बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज अफर सुरु भएको छ।

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक

↑