बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

शेयर बजार दोहोरो अङ्कले बढेर २ हजार ७०० विन्दुमा

रेडियो तमोर
|

हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ ।

 

आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

 

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस

फुङ्लिङमा सुरु भयो बजाज मोटरसाइकल एक्सचेन्ज अफर

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित मेवाखोला हिल रिसोर्टमा लाखेजात्रा पर्वको अवसरमा बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज अफर सुरु भएको छ।

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक