बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

रेडियो तमोर
|

 ताप्लेजुङ - नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

 

 

मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एकसय ४६ रुपैयाँ ५० पैसा भएको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा एकसय ४८ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एकसय ४९ रुपैयाँ पर्नेछ ।

 

 

यस्तै आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाण्डौमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ कायम भएको छ । 

प्रतिकृया दिनुहोस

फुङ्लिङमा सुरु भयो बजाज मोटरसाइकल एक्सचेन्ज अफर

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित मेवाखोला हिल रिसोर्टमा लाखेजात्रा पर्वको अवसरमा बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज अफर सुरु भएको छ।

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक