बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

ताप्लेजुङको मौवाखोलामा ट्याक्टर खस्यो, चालक सहित २ जना सकुशल

रेडियो तमोर
|

काठमाडौं - ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १-०२-००३ त ३०४८ नम्बरको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजे करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ का १९ वर्षीय समिर बराइली र उनीसँग रहेका एक व्यक्ति भने सकुशल रहेका छन् ।

 

डीएसपी बजगाईंले भने, ‘चालक बराइली र उनीसँग रहेका एक व्यक्ति पौडेर खोलाबाट निस्किएका रहेछन् । चालक प्रहरीको सम्पर्कमा आइसकेका छन् । चालक बराइलीका भनाइ अनुसार उनीसँग रहेका व्यक्ति पनि सकुशल छन् । उनलाई पनि प्रहरीको सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’ दुर्घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन भएको डीएसपी बजगाईंले बताए ।

 

खोलाको बीच भागमा रहेको ट्याक्टर निकाल्न आवश्यक पहल भइरहेको उनको भनाइ छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङको खेबाङमा खेलकुद महोत्सव हुँदै 

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको खेबाङमा आगामी कात्ति १६ गते देखि २१ गते सम्म

बाढीपीडितका लागि साङ्क देछ्योलिङ गोन्पा विद्यालयद्वारा आर्थिक सहयोग प्रदान 

ताप्लेजुङ –  श्री साङक देछयोलिङ गोन्पा विद्यालय परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका आर्थिक सहयोग संकलन गरेको छ । गत भदौ १० गते गएको

विरेन्द्र युवा क्लबले चुम्यो कुलकर्ण महिला फुटसलको उपाधि

ताप्लेजुङ - हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले