शनिबार-भदौ-१३-२०८३/ 29-Saturday-August-2026

मुक्कुमलुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा पुन हेल्लोक चयन

रेडियो तमोर
|

ताप्लेजुङ - मुक्कुमलुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम साधारणसभा तथा अधिवेशनले हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बू र देवानसिंह मादेन चयन हुनुभएको छ । यस्तै महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा लीला आँसु, सहसचिवमा लक्ष्मी चुडाल र सहकोषाध्यक्षमा केबी किराँती चयन हुनुभएको निर्वाचन समितिका संयोजक युवराज गिरीले जानकारी दिनुभयो ।

 

साधारणसभाले साहित्यकार चन्द्र मादेन (आन्छन्) को संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा भरतकुमार गुरुङ, डिल्लीरमण बराल, लेकाली कान्छा, काजीमान गुरुङलगायत रहनुभएको छ ।

 

करिब एक वर्षअघि स्थापना भएको प्रतिष्ठानको पहिलोपटक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको अध्यक्ष हेल्लोकले बताउनुभयो । साधारणसभाको अवसरमा प्रतिष्ठानले अग्रज साहित्यकार चन्द्र मादेन (आन्छन) र समाजसेवी तथा सङ्गीतकार काजी गुरुङलाई सम्मानसमेत समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा

ताप्लेजुङ - अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट

पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी

तीजमा ताप्लेजुङ सम्झाउँदै अन्जु, जुनु र देवीका

काठमाडौँ - यस वर्षको तीजको अवसरमा ताप्लेजुङ समाज नेपालले काठमाडौँमा ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्दैछ