अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा
ताप्लेजुङ - अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रुपमा वस सेवा आरम्भ गरिएको हो ।
जय पाथीभरा माता एसी बस सेवा प्रालिमार्फत ताप्लेजुङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुलीममार्फत काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो । पछिल्लो समयमा यात्रुहरूको माग अनुसार प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङवा लिम्बूले जानकारी दिनुभयो ।
सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसीटीभीमार्फत यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्था सहितका बस सेवा सञ्चालनमा ल्याइएको सञ्चालक जंग सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार सिसिटिभीको निगरानीमा बस सेवा सञ्चालन हुने भएकाले ढुक्कले यात्रुहरूले यात्रा गर्न सक्ने भएका छन् । साथै सामान्य जोखिमलाई न्यूनीकरण गर्नका लागि बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले जानकारी दिनुभयो ।
ताप्लेजुङको साब्लाखुमा तोडफोड गरि चोरी गरेको अभियोगमा थापा पक्राउ
ताप्लेजुङ - सुनको सिक्री र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङवा गाउँपालिका ४ साब्लाखुका २७ वर्षीय
पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित
ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी
ताप्लेजुङमा १२ बोरे १ थान बन्दुक सहित युवक पक्राउ
ताप्लेजुङ - ताप्लेजुङमा १२ बोरे बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ बेलडाँगी भई फक्तालुङ गाउँपालिका–५,

प्रतिकृया दिनुहोस