शुक्रबार-भदौ-५-२०८३/ 21-Friday-August-2026

ताप्लेजुङको साब्लाखुमा तोडफोड गरि चोरी गरेको अभियोगमा थापा पक्राउ

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - सुनको सिक्री र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङवा गाउँपालिका ४ साब्लाखुका २७ वर्षीय मनकुमार थापा रहेका छन् । 

थापालाई स्थानीय नविन राईको घरको ढोका तोडफोड गरि दुई तोलको सुनको सिक्री र नगद ७० हजार रुपियाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभएको छ । उहाँका अनुसार थापाले सोमबार साँझ ५ बजे राईको घरमा तोडफोड गरि सुन तथा नगद चोरी गरेका थिए ।

चोरी गरेर फरार रहेका थापालाई खोजी गर्ने क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई मङ्गलबार राति करिब साढे ११ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापासँगको सहकार्यमा पक्राउ गरिएको हो । प्रहरीले थापालाई चोरी गरेको सुनको सिक्री तथा नगद सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
 
थापालाई ताप्लेजुङ जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ को ३ अनुसार ७ दिनको म्यादथप अनुमति लिइ चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ​​​​​​​

 

प्रतिकृया दिनुहोस

अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा

ताप्लेजुङ - अत्याधुनिक प्रविधि सहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट

पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी

ताप्लेजुङमा १२ बोरे १ थान बन्दुक सहित युवक पक्राउ

ताप्लेजुङ - ताप्लेजुङमा १२ बोरे बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ बेलडाँगी भई फक्तालुङ गाउँपालिका–५,