शनिबार-श्रावण-३०-२०८३/ 15-Saturday-August-2026

सार्वजनिक सवारीको भाडा दर पेश गर्न सिरिजंघा गाउँपालिकाको आग्रह

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना जारी गर्दै सवारी साधन भाडा दररेट पेश गर्न आग्रह गरेको हो ।

 

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार वडा नं. ४ विशालचोकदेखि वडा नं. १ र वडा नं. ४ को फुङलुङ–थामडाँडा सडकखण्डसम्म सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गर्न आग्रह गरिएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा दरखास्त फाराम लिन तथा आठौँ दिन बिहान ११ बजेभित्र निवेदन दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।

 

गाउँपालिकाले प्राप्त प्रस्तावका आधारमा उपयुक्त दररेट निर्धारण गरी आवश्यकताअनुसार सवारी साधन भाडामा लिने जनाएको छ । प्राप्त निवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा सुरक्षित रहने तथा सूचनामा उल्लेख नभएका विषय प्रचलित कानुन र नियमअनुसार हुने जनाइएको छ। थप जानकारीका लागि गाउँपालिकाको जिन्सी व्यवस्थापन शाखामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

 

गाउँपालिकाले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाउन सूचना जारी गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । उहाँका अनुसार यस प्रक्रियाबाट आवश्यक सवारी साधन समयमै उपलब्ध गराई गाउँपालिकाका प्रशासनिक तथा विकास निर्माणसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री

ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट 

ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो 

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि