गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित
ताप्लेजुङ - इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ ।
यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ । यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने तयारीबारे पहिल्यै जानकारी दिएको थियो ।
यो चेतावनीपछि साढे दुई लाख मानिसहरुले गाजा शहर छाडेर दक्षिणतर्फ गएको इजरायल डिफेन्स फोर्स अर्थात् आईडीएफले शनिबार जानकारी दिएको थियो । त्यसपछि आफूले आक्रमण थालेको आईडीएफले दाबी गरेको छ । इजरायल डिफेन्स फोर्सले के पनि दाबी गरेको छ भने आतंकवादीहरुले प्रयोग गर्दै आएको एक अग्लो भवन पनि ध्वस्त पारेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहर हमासको अन्तिम अखाडा भएकाले आक्रमण गरेको बताएका छन् । इजरायलले गरेको यो आक्रमणको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो, १५ सयभन्दा धेरै घाईते
भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन्
फिलिपिन्समा आँधीका कारण १ सय जनाभन्दा धेरैको ज्यान गयो
फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय
भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो
भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका

प्रतिकृया दिनुहोस