फिलिपिन्समा आँधीका कारण १ सय जनाभन्दा धेरैको ज्यान गयो
फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको ज्यान गएको र ७५ जना अझै बेपत्ता भएका बीबीसीले जनाएको छ । मंगलवार बिहान प्रवेश गरेको आँधीले झन्डै एक सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा र मुसलधारे वर्षा गराएको थियो । घरहरूमा पानी पसेर मानिसहरू छानामा आश्रय लिन बाध्य भएका छन् ।
उद्धारका लागि पठाइएको एक सैन्य हेलिकप्टर समेत दुर्घटना हुँदा चालक दलका ६ जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो, १५ सयभन्दा धेरै घाईते
भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन्
भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो
भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका
दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते
दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि

प्रतिकृया दिनुहोस