भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो, १५ सयभन्दा धेरै घाईते
भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७।२ र ७।५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो ।
राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन् । bस्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएका बीबीसीले जनाएको छ । घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ ।
फिलिपिन्समा आँधीका कारण १ सय जनाभन्दा धेरैको ज्यान गयो
फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय
भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो
भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका
दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते
दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि

प्रतिकृया दिनुहोस