बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

रेडियो तमोर
|

ताप्लेजुङ - डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपे सँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ।

 

 

यस सेवाअन्तर्गत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ। यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ। साथै, अन्य सेवा शुल्कजस्तै अनलाइन शुल्क (एफसिवाइ) सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ।

 

 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा ए.टि.एम.हरू संचालनमा रहेका छन्। 

प्रतिकृया दिनुहोस

फुङ्लिङमा सुरु भयो बजाज मोटरसाइकल एक्सचेन्ज अफर

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित मेवाखोला हिल रिसोर्टमा लाखेजात्रा पर्वको अवसरमा बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज अफर सुरु भएको छ।

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा

सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात

काठमाण्डौ – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक