वन क्षेत्रको अतिक्रमण बढ्दो
ताप्लेजुङ- ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गए सँगै वन क्षेत्रमा समेत अतिक्रमण बढ्दै गएको हो ।
जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९ दशमलव छ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । उक्त कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद साहका अनुसार वन आबादी जोडिएको सिमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ । सन्तानब्बे हजार छ सय ११ दशमलव ३६ हेक्टर वन क्षेत्र रहेकामा १३ हजार १६८ दशमलव ९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमा पर्छ भने सामुदायिक वन भित्र नौ हजार ७३७ दशमलव ८५ हेक्टर वन क्षेत्र पर्छ ।
उक्त कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिका अनुसार फुङलिङ नगरपालिका– १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाका गरी २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । यस्तै मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीय तीन हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । मेरिङदेन गाउँपालिका—२ स्थित गुराँसे पोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणमा शून्य दशमलव पाँच हेक्टर र मैवाखोला गाउँपालिका—४ र ५ को तिनजुरे–मिल्के–जलजले ०९ टिएमजे ० क्षेत्रमा भ्यूटावर लगायत संरचना निर्माण तथा स्थानीय वासीद्वारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
स्थानीय तहमा पसल, व्यवसाय, गोठ आदि कार्यका लागि १०५ दशमलव पाँच हेक्टर र सिदिङ्वा गाउँपालिका—१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माण गर्न दुई हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वनकार्यालयले जनाएको छ । वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको त्यहाँका निमित्त प्रमुख साहले बताउनुभयो ।
आज विश्व पशु दिवस मनाइँदै
काठमाण्डौ - आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
एजेन्सी, पुस २३ गते । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो
आज मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात
काठमाडौं,कात्तिक १ गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा

प्रतिकृया दिनुहोस