आज मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात
काठमाडौं,कात्तिक १ गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन् । मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने भीषण वर्षा भइरहेको छ ।
दिउँसो पनि देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद बासीले जानकारी दिइन् । यस्तै‚ पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
राति प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भीषण भारी वर्षाको सम्भावाना रहेकोले सचेत रहनुपर्ने मौसमविद बासीले बताइन् ।
वन क्षेत्रको अतिक्रमण बढ्दो
ताप्लेजुङ- ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गए सँगै वन क्षेत्रमा समेत अतिक्रमण बढ्दै गएको हो
आज विश्व पशु दिवस मनाइँदै
काठमाण्डौ - आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
एजेन्सी, पुस २३ गते । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो

प्रतिकृया दिनुहोस