बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

रेडियो तमोर
|

सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । 

 

मृत्यु

सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ ।

 

गर्भवती हुनु 
यदि तपाईंले सपनामा आफू गर्भवती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुनसक्छ ।

 

जबरजस्ती कसैसँग सुत्नु
सपनामा कसैसँग जबरजस्ती सुत्नुको अर्थ जिन्दगी वा सम्बन्धमा कुनै चिज गुमाउँदै छु भन्ने बुझ्नुपर्छ ।

 

भीडमा नाङ्गो हुनु
यदि सपनामा भीडमा नाङ्गो भएको देखियो भने देखावटी प्रवृत्तिलाई त्याग्ने समय आएको भन्ने बुझ्नुपर्छ ।
परीक्षाको लागि तयारी नहुनु
सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ ।

 

उचाईबाट लड्न
सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ । 

 

कसैले पिछा गरेको 
वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने सपनामा उक्त परिस्थितीसँग जुझिरहेको हुनुहुन्छ । कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ । 

प्रतिकृया दिनुहोस

‘स्वर्गमा भगवान हेर्न’ साढे १ लाख रूपैयाँ शुल्क

एजेन्सी, पुस ११ गते । दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ ।   आफ्नो जीवन

१९ वर्षका युवक र ५६ वर्षीया हजुरआमाले गरे इन्गेजमेन्ट

एजेन्सी, कात्तिक ८ गते । १९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९

कोभिड : एक भारतीय जोडीले गरे आकाशमै विवाह

एजेन्सी   जेठ ११    एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्। सामाजिक