बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

कोभिड : एक भारतीय जोडीले गरे आकाशमै विवाह

रेडियो तमोर
|

एजेन्सी   जेठ ११    एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।

 

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

 

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए। ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन्। बीबीसी नेपाली

प्रतिकृया दिनुहोस

‘स्वर्गमा भगवान हेर्न’ साढे १ लाख रूपैयाँ शुल्क

एजेन्सी, पुस ११ गते । दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ ।   आफ्नो जीवन

१९ वर्षका युवक र ५६ वर्षीया हजुरआमाले गरे इन्गेजमेन्ट

एजेन्सी, कात्तिक ८ गते । १९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले