भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा दोब्बर राजश्व सङ्कलन
ताप्लेजुङ - भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आव २०८२।८३ को साउनदेखि असोज मसान्तको तुलना यस आर्थिक वर्षको तीन महिनामा दोब्बर बढी राजश्व सङ्कलन गरेको हो । भूमि प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी निर्मल शेर्पाका अनुसार कार्यालयले चालु आवको पछिल्लो तीन महिनामा एक करोड ११ लाख ३७ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले तत्कालीन मालपोत कार्यालय हुँदा गत आर्थिक वर्षको यही अवधिमा ५५ लाख ५४ हजार ३१२ रुपियाँ मात्र राजश्व सङ्कलन गरेको थियो ।
चालु आवमा गत आवको तुलनामा ५५ लाख ८३ हजार १२२ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । जलविद्युत आयोजनाहरूको दृष्टि बन्धक, लिखत पारित वृद्धि भएकाले राजश्व समेत बढी सङ्कलन भएको सूचना अधिकारी शेर्पाको भनाइ छ । चालु आर्थिक वर्षको साउनमा २३ लाख चार हजार ३३२ रुपियाँ, भदौमा २८ लाख ९४ हजार २४७ र असोजमा ५९ लाख ३८ हजार ८५५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कका अनुसार चालु आवको तीन महिनामा रजिष्ट्रेशन दस्तुरमार्फत ७० लाख ४२ हजार ६४ रुपियाँ, न्यायिक सेवामार्फत २ लाख १६ हजार ९५४, मोठ–रोक्काबाट ३६ हजार ६ सय र प्रतिलिपि प्रदानबाट १८ हजार ४ सय रुपियाँ राजश्व सङ्कलन भएको छ । कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष राजश्व सङ्कलन वृद्धि भइरहेको छ । आर्थिक वर्षमा ०८०।८१ मा दुई करोड ७९ लाख आठ हजार ३७१ रुपियाँ, ०८१।८२ मा तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ र गत आर्थिक वर्ष ०८२।८३ मा चार करोड १९ लाख ६० हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
चालु आवको तीन महिनामै एक करोड रुपियाँभन्दा बढी राजश्व सङ्कलन भएकाले यस आर्थिक वर्षमा गत आवको तुलनामा बढी राजश्व उठ्ने अनुमान गरिएको छ ।
इवाखोला जलविद्युत् पाँच महिनादेखि ठप्प
ताप्लेजुङ, कात्तिक १२ गते । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इवाखोला जलविद्युत् आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ ।
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,
‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि देखिन सक्ने
काठमाण्डाै – बङ्गालको खाडी विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि पर्न सक्ने देखिएको छ

प्रतिकृया दिनुहोस