शुक्रबार-कार्तिक-१३-२०८३/ 30-Friday-October-2026

इवाखोला जलविद्युत् पाँच महिनादेखि ठप्प

रेडियो तमोर
|

ताप्लेजुङ, कात्तिक १२  गते  । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इवाखोला जलविद्युत् आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमानास्थित इन्द्रावतीखोलाबाट उत्पादन गरिएको ९.९ मेगावाट क्षमताको आयोजना पाँच महिनादेखि ठप्प रहेको हो । 

 

रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजना गत जेठदेखि ठप्प रहेको छ । जेठ ८ गते राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको आयोजनाको उत्पादन ठप्प बनेको छ । भीषण वर्षासँगै खोलामा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति गरेका कारण उत्पादन ठप्प भएको हो । 

 

प्रवर्धक रिडी हाइड्रोपावरका अनुसार आयोजनाको बाँधस्थल (हेड), बालुवा थिग्य्राउने पोखरी, पाइपलाइन र विद्युत्गृहमा बाढीले क्षति गरेको छ । खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना हालसम्म पुनर्निर्माण नगरिएका कारण अहिले उत्पादन ठप्प रहेको छ । बाढीले क्षति गरेको पाँच महिना बित्दासमेत आयोजनाको पुनर्निर्माण सुरु गरिएको छैन ।

 

आयोजनाका सामाजिक परिचालक एवं हेडवक्र्स इन्चार्ज टीकाराम मिश्रका अनुसार बर्खायामका कारण बाढीले क्षति गरेलगत्तै आयोजना पुनर्निर्माण सुरु गर्न सम्भव नभएको हो । बर्खायामको अन्त्यपछि दसैँतिहार जस्ता चाडपर्वको समय परेकाले आयोजना पुनर्निर्माण सुरु गर्न ढिलो भएको मिश्रले बताउनुभयो । अब मौसममा पनि सुधार आएको र चाडपर्व सकिएलगत्तै पुनर्निर्माण सुरु हुन सक्ने सामाजिक परिचालक मिश्रले बताउनुभयो ।

 

उहाँका अनुसार बाढीपहिरोले आयोजनाका अधिकांश संरचनामा ठुलो क्षति पु¥याएकाले पुनर्निर्माणमा मोटो रकम खर्च लाग्न सक्ने अनुमान प्रवर्धक कम्पनी रिडी हाइड्रोपावर लिमिटेडको रहेको छ । बाढीपहिरोले धेरै क्षति पु¥याएको र हालसम्म पुनर्निर्माण नगरिएकाले आयोजना तथा लगानी गर्ने पक्षले ठुलो नोक्सानी बेहोर्नु परेको छ । 

 

प्रतिकृया दिनुहोस

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ - भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर राजश्व सङ्कलन गरेको छ ।   कार्यालयले गत आव

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ ।   बालबालिका, गर्भवती तथा सुत्केरी,

‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि देखिन सक्ने

काठमाण्डाै – बङ्गालको खाडी विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि पर्न सक्ने देखिएको छ

↑