मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन
ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर वडा साँवास्थित थलङमा ५ शैयाको अस्पताल उद्धघाटन गरिएको हो । मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादर कार्की, उपाध्यक्ष मिङ्मा डण्डु लामा, प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम लगायतको उपस्थितिमा अस्पतालको उद्धघाटन गरिएको हो ।
कुल छ करोड ७८ लाख ५३३ रुपियाँमा निर्माण सम्पन्न भएको अस्पतालको शुक्रबार उद्धघाटन गरिएको छ । २०७८ साल असार ३० गते शिलान्यास गरिएको अस्पतालको शुक्रबार उद्धघाटन गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालको निर्माण विकोइ निर्माण सेवा, सेवालुङ निर्माण सेवा प्रालि र पहाडी निर्माण सेवाले संयुक्त रुपमा गरेको हो । अस्पताल निर्माणका लागि स्थानीय देउप्रसाद थलङ, शमसेरबहादुर थलङ र स्व। हरेराम थलङले २–२ रोपनी गरि कुल ६ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो । उद्धघाटनकै अवसरमा जग्गादातालाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामै सुविधा सम्पन्न अस्पतालको उद्धघाटन भएपछि सामान्य उपचारको लागि सदरमुकामसम्म धाउनुपर्ने नागरिकको बाध्यता हट्ने स्थानीयले विश्वास लिएका छन् । हाल अस्पतालबाट स्वास्थ्य चौकीमार्फत प्रदान हुने सेवा भइरहेको पालिकाले जनाएको छ । तिहार पछिबाट पालिकाको अस्पतालबाटै सेवा प्रदान गर्ने उद्देश्य सहित कर्मचारीको व्यवस्थापनमा पालिकाले प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।
मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन
कृष्ण फुरुम्वो लिम्बू ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर
मिक्वाखोला गाउँपालिकाद्वारा पालिका भित्रका बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्न सुरु
ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक, सुट वितरण गर्न सुरु गरेको छ । अध्यक्ष
किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष
किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी

प्रतिकृया दिनुहोस