मिक्वाखोला गाउँपालिकाद्वारा पालिका भित्रका बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्न सुरु
ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक, सुट वितरण गर्न सुरु गरेको छ । अध्यक्ष उपाध्यक्ष शिक्षा परियोजना कार्यक्रम अन्र्तगत ट्रयाक, सुट बितरण गर्न सुरु गरिएको हो । जस अन्र्तगत बिहिवार साँवा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई २ सय ५० थान बितरण गरेर कार्यक्रमको सुरुवात गरिएको छ ।
बिद्यालयहरु चार्डपर्वका कारण बिदा हुने भएकाले अव बाँकी ३ वटालाई दशैँपछि बितरण गरिने गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले जानकरी दिनुभयो । उहाँका अनुसार दशैँपछि वाल्देन माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ४१ थान, पञ्चेश्वरी माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ६१ र मोति माध्यमिक बिद्यालयका बिद्यार्थीका लागि २ सय ९८ थान बिद्यालय पोशाक अन्र्तगत पर्ने ट्रयाक, सुट बितरण गरिनेछ ।
साँवामा गाउँपालिकाका अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा लगायतको उपस्थितीमा बिद्यालयमा नै पुगेर ट्रयाक, सुट बितरण गरिएको थियो । बिद्यार्थी सामुदायिक बिद्यालयमै आकर्षित गर्ने उद्धेश्यले पनि पालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कार्कीको भनाई छ ।
मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन
ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर वडा साँवास्थित थलङमा ५
मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन
कृष्ण फुरुम्वो लिम्बू ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर
किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष
किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी

प्रतिकृया दिनुहोस