कांग्रेसको १५ औँ महाधिवेशनका लागि ताप्लेजुङबाट हाङगाम र तुम्याहाङ सहित ३३ जना निर्वाचित, (नाम र प्राप्त मत सहित)
ताप्लेजुङ - नेपाली काङग्रेसको आगामी असोज १८ गतेदेखि हुने १५ औँ महाधिवेशनका लागि ताप्लेजुङका प्रतिनिधिहरुको टुङ्गो लागेको छ । निर्वाचतनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै संस्थापन समुहको महाधिवेसनमा ताप्लेजुङबाट सहभागी हुने प्रतिनिधिको टुङ्गो लागेको हो । बुधबार भएको निर्वाचन मतगणना बिहिबार राति सम्पन्न भएसँगै जिल्लाबाट निर्वाचित हुने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको मतदान अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट खुल्लातर्फका लागि १० जना कोटा रहेको १७ जनाले उम्मेद्वारी दिएका थिए ।
जसमध्ये ताप्लेजुङबाट खुल्लामा खगेनसिंह हाङ्गाम (९४२ मत), गजेन्द्रप्रसाद तुम्याहाङ (८८९ मत), डम्बर हाङगाम (७७८), इन्द्रकुमार केदेम लिम्बू (७५७ मत), टिकाराम गुरुङ (७३२ मत), छोवाङ लन्डुक शेर्पा (६०० मत), केशव प्रसाद दाहाल (५६९ मत), गणेश बहादुर लिम्बू (५५५ मत), छविललाल गुरुङ (५२२ मत) र युवराज गुरुङ (६२४ मत) निर्वाचित हुनु भएको छ । त्यस्तै महिला सदस्यतर्फ लिलादेवी बोखिम (७४५ मत), शिला इजम (६५१ मत), गिता कुमारी सेन्दाङ (६३० मत), शान्ति मादेन (४७० मत) प्राप्त गर्दै बिजयी हुँदा पेशागतबाट डिल्लीरमण बराल (४४३ मत), ३५ वर्ष मुनिका महिलाबाट पासाङकिपा शेर्पा (६५१ मत), ३५ वर्ष मुनको खुल्ला २ जनातर्फ लोकेश लङ्वा लिम्बू (५४७ मत) र गौरव भण्डारी (४६८ मत) प्राप्त गरी निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी श्रमिकतर्फ पदम सुन्दर पालुङ्वा (५५८ मत), समानुपातिक सदस्यतर्फ कमल लिम्बू (डिल्ली) ( ४९२ मत), सुरेश लिम्बू सिंघक (४८६ मत), माृतका प्रसाद शेर्पा (४३४ मत) र क्षितिज सुनुवार ( ४१९ मत) प्राप्त गरी विजयी हुनु भएको छ । खस आर्यको समानुपातिक महिला सदस्यतर्फ मातृका देवी प्रसाई ( ५७६), खस आर्यकै समानुपातिक खुल्लातर्फ तारानाथ बराल (३६३ मत) प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलित समानुपातिकतर्फ टिकेन्द्र नेपाली, अल्पंख्यकतर्फ तेजकुमार सुनुवार, समानुपातिक आदिवासी जनजातीतर्फ कविता सुब्बा, जसोदा गुरुङ मादेन र प्रमिला गुरुङ तथा दलिततर्फको खुल्लाबाट जस बहादुर बर्देवा पुजन निर्विरोध निर्वाचित हुनु भएको मतदान अधिकृत पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधि चयनका ताप्लेजुङमा रहेका १ हजार ४ सय २९ मतदातामध्ये एक हजार २७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा
ताप्लेजुङ, असोज १६ गते ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना
छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि
ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी
कञ्चनजङ्घा सामुदायिक सहकारी संस्था ताप्लेजुङले गत आर्थिक वर्षमा १३ लाख बढी नाफा कमायाे
ताप्लेजुङ - कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख बढी नाफा कमाएको छ । शुक्रबार सम्पन्न २३

प्रतिकृया दिनुहोस