डा. माबोको नाटक ‘मुकुम्लुङ’ असोज २ देखि शिल्पीमा प्रर्दशन हुँदै
ताप्लेजङ— ताप्लेजङको सिरिजङगा गाँउपालिकाको उपाअध्यक्ष समेत रहनुभएका डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ मा आधारित नाटक‘मुक्कुमलुङ’विश्वासको शक्ति काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रर्दशन हुने भएको छ । । प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेको नाटकलाई पवित्रा राईले निर्देशन गरेकी हुन् ।
असोज २ देखि २० गते सम्म प्रर्दशन हुन लागेको ‘मुक्कुमलुङ’ मा रेयर राई, दीपा सुहाङ, नुसा लिङ्देन, प्रमिला राई, प्रायश बान्तवा राई, सायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राईलगायत कलाकारको अभिनय रहनेछ ।
नाटकमा सञ्जित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहनेछ ।पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहाँका लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य सामयिक विषयमा ‘डोलीभर्ना’ मा समावेश १५ कथाहरूमध्ये ‘मुक्कुमलुङ’ पनि एक हो ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि लिम्बू समुदायले त्यसको चर्को विरोध गर्दै आएका छन् ।
‘दिलमायाको चिया दोकान’ भिडियो युट्युबमार्फत सार्वजनिक
ताप्लेजुङ - ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका साहित्यकार टंक भट्टराईको शब्दमा रहेको “दिलमायाको चिया दोकान“ बोलको गीत
याेगी र बिसीले सहयात्रामा ल्याए 'साहिँला दाइ'
काठमाडौँ - धेरै पहिले जनताले चाहेको व्यवस्था फेरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीन चारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था
२२ विधामा बाँडियो स्पाईनी ब्याब्लर अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ - तेस्रो ‘स्पाईनी ब्याब्लर ईन्टरनेशनल फिल्म फेष्टिभल २०२४’मा २२ विद्यामा अवार्ड वितरण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच

प्रतिकृया दिनुहोस