बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

याेगी र बिसीले सहयात्रामा ल्याए 'साहिँला दाइ'

रेडियो तमोर
|

काठमाडौँ -  धेरै पहिले जनताले चाहेको व्यवस्था फेरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीन चारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। र त, आज देशै रित्तिजाने जसरी बिदेसिनेको लर्को लागेको छ ।  युवा मात्रै होइन, अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा सञ्चारकर्मी तथा गीतकार शिवराज योगीको गीत 'साहिँला दाइ'मा छ । बोलको गीत सार्वजनिक भएको छ।

 

कोरोना कालमा संगीतकार भीम बिसीसँगको सहकार्यमा 'ऐना हेरी हेरी' बोलको गीत ल्याएका योगीले 'साहिँला दाइ' पनि बिसीसँगै सहकार्यमा ल्याएका छन् । युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई गीतमा समेटिएको छ । गीतमा गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले स्वर दिएका छन् ।

 

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय छ ।  हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको 'साहिँला दाइ' गीतको भिडियो निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन्। प्रकाश खड्काले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन्।

प्रतिकृया दिनुहोस

‘दिलमायाको चिया दोकान’ भिडियो युट्युबमार्फत सार्वजनिक

ताप्लेजुङ - ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका साहित्यकार टंक भट्टराईको शब्दमा रहेको “दिलमायाको चिया दोकान“ बोलको गीत

डा. माबोको नाटक ‘मुकुम्लुङ’ असोज २ देखि शिल्पीमा प्रर्दशन हुँदै

ताप्लेजङ— ताप्लेजङको सिरिजङगा गाँउपालिकाको उपाअध्यक्ष समेत रहनुभएका डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ मा आधारित

२२ विधामा बाँडियो स्पाईनी ब्याब्लर अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ - तेस्रो ‘स्पाईनी ब्याब्लर ईन्टरनेशनल फिल्म फेष्टिभल २०२४’मा २२ विद्यामा अवार्ड वितरण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच