बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेनको लामपोखरी पर्यटकको पर्खाइमा

रेडियो तमोर
|

ताप्लेजुङ- मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो।

 

 

ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन्। यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी सङ्कलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो। यहाँका पोखरी हेर्दा अरुको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन।

 

 

यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए। यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताए। यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभयाउने गर्छ।

 

 

शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ। मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन्। यस क्षेत्रको प्रवर्द्र्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना बनाएको देखिँदैन। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको स्थानीय बताउँछन्।

 

 

यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ। मानव बस्ती नभएकाले बस्नका लागि याकगोठ र भेडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। केही ठाउँमा भने यहाँका समुदायले आफ्ना आफन्तको सम्झनामा धर्मशाला पाटी बनाएका छन्। आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैँले जोहो गरेर लैजानु पर्छ। पछिल्लो समयमा गाउँपालिकाले यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ। चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचारप्रसार गर्न बजेट विनियोजन गरिएको उनले बताए। पछिल्लो समय आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन्। 

प्रतिकृया दिनुहोस

कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान

ताप्लेजुङ -  ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ ।

सामाजिक सञ्जालमार्फत ढङढङ्गेको प्रचार गर्नेले पुरस्कार पाउने

ताप्लेजुङ -  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक

कोशी प्रदेशले वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने

आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग