Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
About Us »

परिचय
“ ताप्ले” नाम  गरेको राजा र जोङ (किल्ला) बाट ताप्लेजुङ नाम रहन  गएको,यो जिल्लाको कुल क्षेत्रफल  ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५”  र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका, ५० गा.वि.स.मा विभाजन गरिएको छ भने फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चिनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम  र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला धेरै हिमालहरु रहेको जिल्ला, विश्वको सबैभन्दा लामो र ठुलो ग्ल्यासियर भएको, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङलाई लिन सकिन्छ।

 मुख्य हिमालहरु:
कंचनजंघा हिमश्रृंखला  भित्र पर्ने कंचनजंघा हिमाल  ८५८६ मिटर यो हिमाल विश्वको  तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो। यो हिमश्रृंखलाको  उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पुर्वमा  भरतको स्वशासित क्षेत्र  सिक्किम पर्दछ। यो हिमश्रृंखलामा  विश्वको सबैभान्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु छन्। जसमा  काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कंचनजंघा पश्चिम ८५०५ मिटर  र दक्षिण ८४७६ मिटर रहेको छ।

कंचनजंघा क्षेत्र कसरी पुग्ने?
उत्तरी मोहोडा पैदल बाटो :- फुङ्लिङ – सिवा – सिरुवा- लेलेप – घुन्सा – खाम्पाचेन – कंचनजंघा आधार शिविर ( करिब ११ दिन)

दक्षिणी मोहोडा पैदल बाटो:- सुकेटार – लालीखर्क – खेसेवा – मामांखे – याम्फुदिन – चेराम – कंचनजंघा आधार शिविर (करिब ९ दिन)

धार्मिक स्थलहरु:
पाथिभरा देवी:

धार्मिक दृष्टिकोणले  पनि ताप्लेजुङ निक्कै प्रख्यात छ । यहाँ धार्मिक तथा  ऐतिहासिक स्थलहरु मठमन्दिर, गुम्बा प्रशस्तै छन् ।जसमध्ये ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र धार्मिक पर्यटकिय  तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ। यो मन्दिर ताप्लेजुङ बजार देखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा पर्दछ ।अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको हो। यो मन्दिर क्षेत्रबाट नेपालका धेरै हिमश्रृंखला र कंचनजंघा हिमश्रृंखलालाई अझ नजिकबाट अवलिकन गर्न सकिन्छ । यहाँबाट पुर्वी नेपालको धेरै भु – भाग र भारतको दार्जिलिङ समेत देख्न सकिन्छ ।यो क्षेत्रमा २४/२५ प्रजातिको लालिगुरास, चिराइतो, बुढो ओखती, हङचुर जडिबुटि र हाब्रे (रेडपाण्डा), भालु, डाँफे, मुनाल, जस्ता वन्यजन्तु र चराचुरुङ्गी पाउन र अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?
 ताप्लेजुङ सदरमुकाम  फुङलिङबाट पैदल बाटो- सुकेटार-  देउराली- भालुगौडा- फेदी (कान्छथान) हुँदै पाथीभरा मन्दिर (करीव ९ घण्टा)

दिकि छ्योलिङ्ग गुम्बा
ताप्लेजुङ्ग जिल्लाको अस्तित्व बोकेको ओलाङचुङगोला  गा.वि.स.मा रहेको ४०० वर्ष भन्दा पुरानो दिकि छ्योलिङ्ग  गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो।  योगुम्बा आजभन्दा ४०० वर्ष पहिला लामा एसेले बनाएका थिए। यो गुम्बामा ऐतिहासिक बिद्धका मुर्तिहरु, अखण्ड  बत्ती,चेरेसी च्याउ, जसमा बुद्ध मन्त्र “ऊँ मने पेमे हम्” तिबेतियन भाषामा कुँदिएकै अवस्थामा केही वर्ष अघि नजिकैको जंगलको एक रुखको टुप्पोमा पाइएको थियो। यी यस्ता ऐतिहासिक तत्वको कारणले गर्दा यो गम्बा ज्यादै महत्वपूर्ण धार्मिक स्थलको रुपमा लिइन्छ ।

 यो गुम्बा ओलाङचुङ  गोलादेखि केहि माथि पहाडमा  रहेको छ ।यो गुम्बा  मात्र होइन ओलाङचुङ बस्ति  नै पुरानो, प्राकृतिक सुन्दरता, वालुङ जातिको पृथक पहिचान, जिवन शैली, सांस्कृति, भेषभुषा, चालचलन आदिको कारणले गर्दा पनि ओलाङचुगोला पर्यटकीय र धार्मिक दृष्टकोणले महत्वपूर्ण र सुन्दर छ। यो ठाँउ चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने भएकोले व्यापारिक बजारको रुपमा पनि लिइन्छ ।

कसरी पुग्ने?
सदरमुकाम फुङ्लिङबाट पैदल बाटो-छिरुवा – लेलेप- ओलाङचुङ्ग गोला- दिकि छ्योलिङ्ग गुम्बा(करिब ३ दिन)

अन्य धार्मिक स्थलहरु  – चण्डेश्वरी धाम(सिद्धि डाँडा),नागेश्वरी धाम (फुङलिङ), सिदिङ्मा देवी(साप्लाखु), फक्तालुङ(कुम्भकर्ण) आदि ।

हिमताल, पोखरी र झरनाहरु:

नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरि कालिखोला गा.वि.स.मा पर्ने धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...