ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

ताप्लेजुङ /  ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोली सहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीको टोलीले फुङलिङ नगरपालिका–७ मा पर्ने नर्सरी स्थित जंगलबाट उक्त रिभल्वर हतियार सहित गोली फेला पारेको हो ।

ढुंगाको पहरामा च्याप भित्र प्लाष्टिकको झोला भित्र राखिएको अवस्थामा उक्त हतियार र त्यसमा लाग्ने गोली फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो हतियार र गोली कसले राखेको हो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

इलाम – चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा

आज - ०२ माघ २०७५ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ,