कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आपतमा उपकारी, हाम्रो सहकारी भन्ने नारा सहित वित्तिय कारोबार गर्दै आएको उक्त सहकारी संस्थाले यस अघि विपद्मा शेयर सदस्यलाई दिदै आएको राहत कार्यक्रमलाई निरन्तरता दिने, रिण नीति अनुसार बचत संकलन तथा लगानीलाई निरन्तरता दिने, सस्थाका सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित साधरणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष चन्द्रकुमार यवागुले यस अघि विभिन्न परिस्थितीमा परेका २९ जना सदस्यहरुलाई १ लाख ५ हजार बराबरको राहत समेत संस्थाले प्रदान गरेको जानकारी दिनुभयो । आगामी समयमा समेत यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

सदरमुकाम स्थित सामुदायिक भवनमा आयोजित साधारणसभाको प्रदेश नम्बर एकका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले उद्घाटन गर्नुभएको थियो । एक हजार ८ सय २८ सदस्य संख्या रहेको उक्त सहकारी संस्थामा ४ करोड ५३ लाख ७२ हजार १२ रुपैँया बचत रकम रहेको पाईएको छ भने १९ लाख ८२ हजार १२ रुपैँया नाफा रकम रहेको देखिएको छ । यस्तै आगामी दिनमा आम्दानी बढाउन र खर्च घटाउनका लागि शुष्म अध्ययन गरि रणनीतिक योजनाका साथ काम गर्नु पर्ने आवस्यकतालाई समेत साधारणसभामा प्रस्तुत प्रतिवेदनले सुझाएको छ ।

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

चिनीको मूल्य बढाइयो

काठमाडौं, पुस २६ । सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका