उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

बहादुरभवनकाे कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल–चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । “एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ । नेपाल पनि आफ्नो भूमिमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन ।”

उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताउनुभयो । उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताउनुभयो ।

“हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेल्वेद्वारा जोडिन चाहन्छौँ”, उहाँले भन्नुभयो, “हामी कम्तीमा सात वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ । हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।”

याे अवसरमा चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताउनुभयो । उहाँले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताउनुभयो । “नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरू देशमा यति सहज हुँदैन”, उहाँले भन्नुभयो, “हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ ।” 

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा तााप्लेजुङवाट सुरु गर्ने

राष्ट्रिय प्रजातन्त पार्टिले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा तााप्लेजुङवाट सुरु गर्ने भएको छ । हिन्दु धर्मको पुर्नस्थापना तथा राजसंस्था