उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ ।

२९औं प्याब्सन दिवसको अवसरमा पुस २४ गतेदेखि अक्सफोर्ड मोडल आवासिय माविको मैदानमा विहीवार ५ वटा खेल सकिएलगत्तै समापन हुने भएको हो । शिक्षकबिच (महिला) बोतलमा पानी भर्ने र म्यूजिकल चियर तथा सांस्कृतिक नृत्य समेत समावेश छ ।

शिक्षक भबिलतर्फको फाइनल खेल नवज्योती आवासिय मावि र कंञ्चन एकेडेमीबिच हुने भएको छ । क्वाटर फाइनलमा कंञ्चनजंघा बोर्डिङ स्कुल र सेमीफाइनलमा डिलाइट बोर्डिङ र पाथीभरा ब्राइट फ्यूचर बोर्डिङ स्कुलको सयूक्त टिमलाई पराजित गर्दै नवज्योती शिक्षक भलिबलको फाइनलमा प्रवेश गरेको हो ।

क्वाटर फाइनलमा अक्सफोर्ड मोडल र ताप्लेजुङ सिदार्थ एकेडेमीको सूयूक्त टिमलाई र सेमिफाइनलमा लिटल बुद्ध र ताप्लेजुङ बुद्धको संयूक्त टिमलाई पराजित गर्दै कंञ्चन एकेडेमी शिक्षक भलिबलको फाइनलमा पुगेको हो । यता विद्यार्थीबिचको पुरुषतर्फको फाइनमा पनि कंञ्चन एकेडेमी र नवज्योतीबिच हुने भएको छ । यसैगरि महिला भलिबलको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ ।

मेची सेन्टमेरिजको ए टिम,अक्सफोर्ड मोडेल,नवज्योती र पिपुल्स बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । फुङलिङ नगरपालिका प्रमूख छत्रपति प्याकुरेलको प्रमूख आथिथ्यतामा कार्यक्रम समापन हुने प्याब्सन अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

आर्सनल र चेल्सी एफए कपको चौथो चरणमा

आर्सनल र चेल्सी इंग्लिस फुटबल प्रतियोगिता एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई दुई–शून्य र