चिनीको मूल्य बढाइयो

काठमाडौं, पुस २६ । सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन् । उपभोक्तालाई भार पर्नेगरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै प्रतिकिलो सात रुपैयाँ बढाएका हुन् ।

नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो ।

उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ ।

सरकारले उखुको मूल्य नबढाए पनि उद्योगीले चिनी आयातमा प्रतिबन्ध लागेको मौका छोपेर भाउ बढाउने निर्णय गरेका हुन् । –नागरिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी