राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा तााप्लेजुङवाट सुरु गर्ने

राष्ट्रिय प्रजातन्त पार्टिले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा तााप्लेजुङवाट सुरु गर्ने भएको छ । हिन्दु धर्मको पुर्नस्थापना तथा राजसंस्था सहितको प्रजातन्त्रको माग सहित फागुन १५ गतेदेखि ३० गतेसम्म संचालन हुने यात्राको उद्घाटन ताप्लेजुङमा गर्न लागेको राप्रपा प्रदेश नं १ का सदस्य नरेन्द्र पाडेलले जानकारी दिए ।

राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि जनचेतना अभिवृद्धि गर्ने, नेपालमा धार्मिक सद्भाव कायम राख्ने, नेपाललाई सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि जनमत सिर्जना गर्ने, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, संघीयताको खारेजी र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको पक्षमा जनजागरण गर्ने यात्राको उदेश्य रहेको राप्रपा ताप्लेजुङ अध्यक्ष अमृत कुमार सावदेनले बताए ।


 यात्राको उद्घाटन कसरी गर्ने भन्ने विषयमा पूर्व सहरीविकास मन्त्रि तथा राप्रपा महामन्त्रि सुसिल कुमार श्रेष्ठ, संगठन विभाग सचिव माधव खत्रि र सहमहामन्त्रि भक्ति सिटौलाको उपस्थितीमा ताप्लेजुङमा छलफल समेत गरेको वताईएको छ । मंगलवार वसेको वैठक अनुसार फागुन १४ गते नै पार्टी अध्यक्ष कमल थापा, नेता राजेन्द्र लिङदेन लगायतको टोली ताप्लेजुङ आईपुग्ने र १५ गते जिल्ला सदरमुकाम फुङलिङको तोक्मेडाँडावाट यात्राको सुरुवात गर्ने निर्णय भएको जिल्ला अध्यक्ष सावदेनले वताए ।

सावदेनका अनुसार सो टोलीले २ हजार ६ सय ३५ किलोमिटर यात्रा गर्ने छ । यो पार्टीको कार्यक्रम मात्र नभई सवै हिन्दु धर्म प्रति आस्था राख्नेहरुको कार्यक्रम भएको प्रदेश सदस्य नरेन्द्र पौडेलले वताए । स्वाभिमान यात्राको उद्घाटनका क्रममा करिव २ हजारको हाराहारीमा कार्यकर्ताको उपस्थिती गराउने समेत पौडेलले दावी गरे । 


यसैविच हिन्दु राष्ट्र पुनःस्थापना लगायतका माग राख्दै आन्दोलनका कार्यक्रमहरु भने फागुन ७ गतदेखि संघर्ष थाल्ने निर्णय गरेको वताईएको छ । राष्ट्रिय एकता दिवसको रुपमा मनाइने पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा मनाउने र त्यसदिन सार्वजनिक बिदा दिनुपर्ने माग बैठकले राखेको छ । माघ १३, १४ र १५ गते देशका सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान र सभा सञ्चालन गर्न केन्द्रले प्रतिनिधि खटाउने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ