बहिनी बलात्कारका आरोपी पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान

आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश दिएको ताप्लेजुङ प्रहरी प्रमुख  डिएसपी सञ्जय सिंह थापालले वताए ।

फुङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ती गरेका थिए । दिदीले प्रहरी कार्यालयमा उजुरी दिएपछि  कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले गाली बेईज्यती मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतवाट सजाय घोषित फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा मिक्वाखोला गाउँपालिका वडा नं २ का ५० वर्षिय बुद्धिमान कार्कीलाई पक्राउ गरेको हो । कार्कीलाई अदालतमा पेश गर्दा तोकिएको जरीमाना वुझाई अभियुक्त छुटेको प्रहरीको भनाई । 
यस्तै जालसाजी मुद्धामा अदालतवाट सजाय घोषणा भएका सिरीजंघा गाउँपालिका वडा नं ५ का गंगामाया विष्टलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । बिष्टलाई समेत अदालतमा तोकिएको जरीमाना बुझाई छुटेका प्रहरीले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस

अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

इलाम – चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा

आज - ०२ माघ २०७५ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ,