भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो

काठमाडौं । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ ।

सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।

तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ । डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बाँकी तीनमा एउटा अगस्टा र दुईवटा बेल रहेको सेनाले जनाएको छ ।

विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेस अन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ ।

ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरुका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरुको उडानमा प्रयोग हुनेछन् । -नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी