कर्णाली प्रदेश टी–२० क्रिकेटको उपाधि सुर्खेतलाई

रुकुम पश्चिम – कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

मंगलबार रुकुम पश्चिमको चौरजहारीमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाइनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नटआउट ४० र टेक सलामीले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए । 

१ सय ६१ रनको लक्ष्य पछ्याएको जाजरकोटले १ सय ४६ रन मात्र बनाउन सक्यो । पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरे पनि जितभने हासिल गर्न सकेन । जाजरकोटका लागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो । सुर्खेतका कप्तान रवीन्द्रजंग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिए । 

विजेता सुर्खेतले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जाजरकोटले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रप्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । 

प्रतियोगिताको म्यान अफ् द सिरिज कालिकोटका सुनिल भण्डारी, बेस्ट ब्याट्सम्यान सुर्खेतका रवीन्द्रजंग शाही, बेस्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए । 

उनीहरुलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

गएको पुस १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए । 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा