इंग्लिस प्रिमियर लिग : फुलह्यामलाई आर्सनलले ४–१ ले हरायो

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो ।

प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल गर्‍यो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ५५औँ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । 

६९औँ मिनेटमा अबुबाकर कमाराले गोल गर्दै आर्सनलको अग्रता २–१ मा छोट्याए । ७९औँ मिनेटमा राम्से र ८३औँ मिनेटमा अबामेयाङ्ले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए । 

आर्सनल ३८ अंक बनाउँदै पाँचौँ स्थानमा छ । फुलह्याम भने १४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।

लेस्टरसँग एभर्टन स्तव्ध

त्यस्तै मंगलबार राति भएको खेलमा लेस्टरले एभर्टनमाथि १–०को जित निकाल्दै प्रिमियर लिगको तालिकामा सातौँ स्थानमा उक्लिएको छ । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । लेस्टरले ५८औँ मिनेटमा एक गोल गरेको थियो । उसका लागि जेम भर्डीले गोल गरेका थिए । 

रिकार्डो परेराको पासमा गरेको एक मात्र गोल नै लेस्टरको जितमा निर्णायक बनेको थियो । भर्डीले गोल गर्दा जोर्डन पिक फर्डलाई बचाउने मौकानै दिएका थिएनन् ।

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा