फुङलिङ नगरमा मेयर कप भलिवल सुरु

संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने उद्धेश्य सहित हिमाली जिल्ला ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा आजबाट मेयरकप भलिवल प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा शनिवार देखि १५ गते सम्म सञ्चाल हुने प्रतियोगिताको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे । संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने नगरपालिकाको अभियान अनुसार चासोक तङ्नामको अवसरमा शुभारम्भ गरि तमू ल्होसारमा समापन हुने गरि प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख प्याकुरेलले सवै जात धर्म तथा संस्कृतीको संरक्षणका साथै खेलको विकासमा नगरपालिका जिम्मेवार रहेको वताए ।


प्रतियोगिता अन्र्तगत आज ३ ओटा खेल भएका छन् । शनिवार भएका खेलहरुलमा वडा नं ११ फावाखोला, वडा नं ८ दोखु र वडा नं ३ हाङ्देवाले दोस्रो चरणमा स्थान वनाएका छन् । वडा नं ११ फावाखोलाले वडा नं १ फुङलिङलाई, वडा नं ८ दोखुले वडा नं ४ फुङलिङ र वडा नं ९ हाङ्देवाले वडा नं ३ फुङलिङलाई सोझो सेटमा पराजित गरेका छन् । आईतवारका खेलहरु विहान ८ वजे देखि नै सुरु हुने वताईएको छ । आईतवार ५ खेल हुनेछ ।  

 

खेलहरु अहिले नयाँ रणभिम गुल्मको खेल मैदानमा जारी रहेको छ । प्रतियोगिता अन्र्तगत चासोक तङ्नामको अवशरमा शनिवार र आईतवार खेल हुने र बाँकी खेल तमु ल्होसारको अवशरमा १४ र १५ गते हुनेछन । प्रतियोगिताको बिजेताले नगद ७५ हजार रुपैँया सहित रनिङकप, मेडल र प्रमाणपत्र पाउने छ भने उप–बिजेता नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । यस्तै तृतिय हुनेले नगद २५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र पाउने छ ।

यस्तै विद्यागत रुपमा ५ जनालाई नगद ५ हजारका दरले पुरस्कृत गरिने खेल आयोजकका संयोजक पदम शुन्दर पालुङ्वाले जानकारी दिए । प्रतियोगिताको लागि तिन सय तोला चाँदी र २ तोला सुन जडित कप वनाईएको वताईएको छ । 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा