मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् ।

११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् ।

उनलाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् ।

‘फस्ट रनरअप’को उपाधि मिस थाइल्यान्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । जमैकाकी कादिजा रोबिनसन ‘सेकेन्ड रनरअप’ भइन् ।

शृङ्खला शीर्ष १२ मा

मिस नेपाल शृङ्खला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् ।

चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीया शृङ्खलाले १२औं स्थान ओगटेकी हुन् ।

टप १२ मा परेसँगै शृङ्खलाले नेपालीले गरेको समर्थनप्रति धन्यवाद दिन भुलिनन् ।

प्रतियोगितामा शृङ्खलाले दुई विधागत अवार्ड जितेकी छन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन् ।

प्रतिकृया दिनुहोस

चलचित्र ‘चौका दाउ’लाई पिजी सर्टिफिकेट

काठमाडौं – सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र ‘चौका दाउ’ २७ पुसबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्द्र झाको निर्देशन रहेको ‘चौका

विष्णु माझीले सीडीओलाई भनिन्– अझै दुब्लाउने मन छ

प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार

'म त पिरिममा' को भिडियो प्रतियोगिताका लागि ५० हजार पुरस्कार

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। 'मदानी