ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई


प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको उत्तरी सिमा क्षेत्रको सुरक्षा लगायतको अवस्थाबारे अवलोकन गर्न आज ताप्लेजुङ आउनुभएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश नम्बर एक कै समृद्धि संग जोडिएकाले यसलाई सञ्चालन गर्नका लागि सरकार प्रयासरत रहेको बताउनुभयो ।

 

नाका खोल्नका लागि आवस्यक सडक निर्माण लगायतका भौतिक पुर्वाधारको विकासका लागि प्रदेश सरकारले संघिय सरकार संग समेत समन्वय गरि अघाडी बढ्ने उहाँले बताउनुभएको छ । ओलाङचुङगोला नाका संग जोडिएको सडक निर्माण लगायतका कार्यको स्थलगत अवलोकन गरि बास्तविकतालाई पहिचान गरि आवस्यक काम गर्नका लागि प्रदेश सरकारले अध्ययन थालेको स्पष्ट पार्नुभयो ।

 

यस्तै पछिल्लो समयमा सिमा सुरक्षाका सम्वन्धमा धेरै टिक्का टिप्पणी आउन थालेकाले यहाँको सुरक्षाबारे समेत अध्ययन भईरहेको उहाँले बताउनुभयो । ओलाङचुङगोलामा रहेको प्रहरी चौकिलाई स्तरोन्नती गर्ने र वोर्डर आउट पोष्ट (विओपी) स्थापनाका लागि तयारी भईरहेको राईले जानकारी दिनुभयो ।  यसैविच मुख्यमन्त्रि राईले हिउँदे अधिवेशनले नै प्रदेशको नाम र राजधानी टुङगो लगाउने वताउनुभयो । मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा आफूविरुद्ध केही शक्ति र व्यक्तिले भ्रामक सन्देशलाई भाइरल बनाएर आफ्नो राजनीतिक जीवननै समाप्त पार्ने दुश्प्रयास गरेको समेत वताउनुभयो ।

 

राईले गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ । आफू सत्यको पक्षपाती भएको भन्दै आफूविरुद्ध लक्षित प्रचारलाई कपोकल्पितको संज्ञा पनि दिएका छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मुख्यमन्त्री राईविरुद्ध यौन दुर्व्व्यहारसम्मका आरोप भाइरल बनेका छन् । राईले गलत प्रचार गरेर राजनीतिक जीवन समाप्त पार्ने शक्ति को हो भनेर खुलाउन चाहानुभएन ।

 

यसअघिको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम हिउँदे अधिवेशनबाट टुङ्ग्याउने सहमति बनेकोले यो अधिवेशनले विगतको त्यो कार्यभार पूरा गर्ने उनको दावी थियो। नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका राईले सञ्चारकर्मीहरु संग कुराकानी गर्नु अघि विहान ओलाङचुङगोला क्षेत्र पुगेर फर्कनुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ