शहीद स्मारक ए डिभिजन लिग : अार्मी र हिमालयन शेर्पा भिड्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा आइतबार तीन खेल हुदैछन्।  आइतबार विहान  ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेण्डस क्लबबिच प्रतिस्पर्धा हुनेछ।

 

 लीगमा मछिन्द्र क्लब २ अंक मात्रै जोडेर ११ औं र १ अंक मात्र बनाएको फ्रेण्ड्स १३ औं स्थानमा छ।  यस्तै दिउँसो साढे २ बजे सातदोबाटोमै हुने खेलमा त्रिभुवन आर्मी र हिमालायन शेर्पाबिच प्रतिस्पर्धा हुनेछ।

 

चारखेलमा तीन खेल जित र एक खेल बराबरी गरेको आर्मीको १० अंक रहेको छ भने हिमालय शेर्पाको पनि समान चार खेलबाट १० अंक नै रहेको छ। 

 

त्यस्तै  ब्रिगेड ब्वाइज र जावालाखेल युथ क्लबबिचको खेल भने दिउँसो साढे २ बजे नै हलचोक खेल मैदानमा हुने छ। अंकतालिका ब्रिगेड दशौं र जावालाखेल १२ औं स्थानमा छ। 
 

प्रतिकृया दिनुहोस

बार्सिलोनासँग बराबरी खेल्दै टोटनह्याम प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ

फुङलिङ नगरमा मेयर कप भलिवल

संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने उद्धेश्य सहित फुङलिङ नगरपालिकामा आगामी पुस ७ गतेवाट मेयरकप भलिवल प्रतियोगिता हुने भएको छ ।

लिभरपुलको जित, सलाहको ह्याट्रिक

मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको