संकटा तेस्रो स्थानमा उक्लियो

काठमाडौं, मंसिर १५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शनिबार भएको पहिलो खेलमा संकटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै संकटाले ३ अंक जोडेको छ ।

संकटाले खेलको २३औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । संकटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

त्यसैगरी, खेलको ४८औं मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका थिए । खेलको ८७औं मिनेटमा च्यासलले गोल फर्काएको थियो ।

संकटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डीबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल संकटाले २–१ ले जित्यो ।

खेलमा संकटाका नीतिन थापा ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै संकटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पाँच खेलमा १२ अंक जोड्न सफल भएको छ ।

च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित ४ अंकमै सीमित छ ।

प्रतिकृया दिनुहोस

बार्सिलोनासँग बराबरी खेल्दै टोटनह्याम प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ

फुङलिङ नगरमा मेयर कप भलिवल

संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने उद्धेश्य सहित फुङलिङ नगरपालिकामा आगामी पुस ७ गतेवाट मेयरकप भलिवल प्रतियोगिता हुने भएको छ ।

लिभरपुलको जित, सलाहको ह्याट्रिक

मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको