९५ हजारमा दशगजा भारतलाई बेचेको भन्दै जिल्ला प्रशासनमा उजुरी

काठमाडौं । नेपाल भारत सीमामा पर्ने दशगजा क्षेत्रलार्इ ९५ हजार रुपैयाँमा भारतलाई बेचेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ । गत मंसिर १२ गते परोहा नगरपालिका वडा नं ९ निवासी ताराचन्द्र प्रसाद सिन्हाले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका हुन् । 

 

नेपाल भारत सीमामा रहेको दशगजा क्षेत्रमा माछा पालनको लागि भारतीय नागरिकलाई २०७५ सालदेखि २०७९ सालसम्मको लागि ४ वर्षको ९५ हजार रुपैयाँ भाडामा दिएको आरोप सिन्हाले लगाएका छन् । परोहा नगरपालिका ९ बस्ने सुखाडी राउत, सोही ठाउँ स्थायी घर भएका राजधारी प्रसाद शाह, सोही स्थान बस्ने कमल राउत कुर्मी र सत्य नारायण राउत कुर्मीले सो जग्गा बेचेको आरोप लगाईएको छ । उनीहरुले अग्रीम १५ हजार रुपैयाँ लिएको आरोप समेत लगाएका छन् ।

 

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले दशगजा क्षेत्रको जग्गा विक्री वितरण नहुने भन्दै यसरी दशगजामा कसैले भौतिक संरचना तयार पारेको भेटिए प्रहरीले त्यो संरचना भत्काउन सक्ने जानकारी दिए । यस विषयमा पनि उजुरीमाथि आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढ्ने जोशीले प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा

आज - ०१ पौष २०७५ आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ

फिदिम २ पल्लोटारमा बसपार्क उद्घाटन, मेयर नेम्बाङ भन्छन्—मेरै कार्यकालमा बसपार्क उद्घाटन गरेर छोडे

  पाँचथर,मंसिर २९, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस पार्क आज उद्घाटन गरिएको छ । फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले रिबिन