प्रियंकाको विवाहमा उपस्थित हुने छैनन् बलिउडकर्मी

अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा पे्रमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी छिन् । भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ । 

साथै भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार अभिनेत्री प्रियंकाले उनको विवाहका लागि पाहुनाहरुको नाम लिष्ट पनि फाइनल गरिसकेकी छिन् । प्रियंकाको यस लिष्टमा बलिउडका कुनै पनि कलाकारहरुको नाम अटाएको छैन । प्रियंकाले उनको विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनन् । 

 

प्रियंका चोपडा र निक उनीहरुका परिवार र आफन्तजनसँगै भएर विवाह गर्नेछन् बलिउड कलाकारहरु उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ । 

प्रियंकाले बलिउडका आफ्ना साथीहरुका लागि विवाहपछि मुम्बईमा एक भब्य रिसेप्सनको आयोजना गर्नेछिन् । 

प्रतिकृया दिनुहोस

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

'म त पिरिममा' को भिडियो प्रतियोगिताका लागि ५० हजार पुरस्कार

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। 'मदानी

ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ, नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी