नेकपा सचिवालय बस्दैः केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आजपनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने बिषयमा छलफल हुने नेकपाले जनाएको छ ।
नेकपाले गत जेठ ३ गते पार्टी एकता गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो, तर सदस्यहरुको कार्य्विभाजन र जिम्मेवारी हालसम्म पनि तोकिएको छैन् । आजको सचिवालयले केन्द्रीय सदस्यहरुको कार्य्विभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकता भएको छ महिना पूरा हुँदासमेत पार्टीको तल्लो तहसम्म एकता प्रक्रियाले गति लिन सकेको छैन ।
पार्टी एकता प्रक्रियालाई टुंग्याउन महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोदेखि छलफल शुरु भएको छ । यता, नेकपाको स्थायी कमिटी बैठक नबसेको पनि लामो समय भइसकेको छ । गत साउनयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्नेबारे निर्णय लिने नेकपाले जनाएको छ ।

खाली झगडा : सरकारभन्दा कर्मचारी शक्तिशाली
काठमाडौं : सरकार बनेसँगै कर्मचारी-सरकारबीच तिक्तता सुरु भयो। यो अहिले पनि निरन्तर छ। कर्मचारीविरुद्ध मन्त्रीहरू आक्रामक रूपमा प्रस्तुत हुन

द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब
काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री
काठमाडौं, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी
प्रतिकृया दिनुहोस