विप्लवको कार्यक्रम सडकमै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा ‘अाज ‘ शनिबार आयोजना गर्न लागेको कार्यक्रम स्थल परिवर्तन गरिएको छ।

यसअघि शान्तिवाटीका रत्नपार्कमा गर्ने प्रचार गरे पनि प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि कार्यक्रम हुने भएको हो । कार्यक्रमका लागि शनिबार बिहान ६ बजे नै सडकमा स्टेज तयार पारिएको छ। उक्त मार्गमा कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन्। सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने बताइएको छ।

यसअघि महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने भनिएको थियो । नेकपाको कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका मुख्य स्थान र सभास्थल नजिकै सुरक्षकर्मी तैनाथ गरिएको छ। जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

खाली झगडा : सरकारभन्दा कर्मचारी शक्तिशाली

काठमाडौं : सरकार बनेसँगै कर्मचारी-सरकारबीच तिक्तता सुरु भयो। यो अहिले पनि निरन्तर छ। कर्मचारीविरुद्ध मन्त्रीहरू आक्रामक रूपमा प्रस्तुत हुन

द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री

काठमाडौं, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी