टी १० लिगमा सन्दीपकाे प्रभावकारी प्रदर्शन, तरपनि हार्‍याे उनकाे टिम

यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले दोस्रो खेलमा १ विकेट लिएका छन् ।

पहिला ब्याटिङ गरेको सन्दीपको टिम केरला किंग्सले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य लिएर मैदान आएको सिन्धले लगातार आक्रामक ब्याटिङ गरिरहेका बेला सन्दीपले केरलालाई पहिलो सफलता दिलाएका हुन् ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले सुरुमा १० रन दिएका थिए । दोस्रो तथा आफ्नो अन्तिम ओभरमा भने उनले १ विकेट लिन सफल भए । उनले अन्तिम ओभरमा थप ४ रन खर्चदैं १ विकेट लिन सफल भए ।

सन्दीपले ४९ रन बनाएर क्रिजमा रहेका एन्टोन डेभिचलाई आउट गरेका थिए । सन्दीपको बलमा डेभिच क्याच आउट भएका हुन् । उनले मात्र विकेट लिए पनि अरू बलरले भने प्रभाव जमाउन नसक्दा सिन्दीजले केरलाविरूद्द ९ विकेटकाे जित निकाल्न सफल भयाे ।

प्रतिकृया दिनुहोस

बार्सिलोनासँग बराबरी खेल्दै टोटनह्याम प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ

फुङलिङ नगरमा मेयर कप भलिवल

संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने उद्धेश्य सहित फुङलिङ नगरपालिकामा आगामी पुस ७ गतेवाट मेयरकप भलिवल प्रतियोगिता हुने भएको छ ।

लिभरपुलको जित, सलाहको ह्याट्रिक

मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको