लिम्बूवान प्राप्तीका लागि संर्घषरत दुई क्रान्तिकारी पार्टी विच एकता


मनिस हेल्लोक नेतृत्वको लिम्बूवान क्रान्तिकारी र मिसेकहाङ नेतृत्वको लिम्बूवान राष्ट्रिय क्रान्तिकारी विच पार्टी एकता भएको छ । प्रदेश नं १ लाई किराँत लिम्वुवान प्रदेशको माग गर्दै आएका यी दुई पार्टिविच एकता भई लिम्बूवान क्रान्तिकारी पार्टी नेपाल भएको छ ।

 

झापाको विर्तामोडमा बुधवार आयोजित एक कार्यक्रमका विच पार्टि एकताको घोषणा गरिएको पार्टि अध्यक्ष मनिष हेल्लोकले जानकारी दिए । एकता भेलाले २३ सदसिय केन्द्रिय समिति समेत वनाएको छ ।

 

नयाँ पार्टिको ईन्चार्जमा मिसेकहाङ रहनुभएको छ भने पार्टि अध्यक्षको जिम्मेवारी मनिष हेल्लोकलाई दिईएको छ । पार्टीको वरिष्ट उपाध्यक्षमा युवराज याख्वा, उपाध्यक्षमा मौषम याक्थुङ्वा र महासचिवमा दिनेश किराँती चयन गरिएको पार्टिद्धारा निकालीएको विज्ञप्तीमा जनाईएको छ ।

 

सो पार्टीले अवका दिनमा शान्तिपूर्ण कदमद्धारा लिम्बूवान र लिम्बूवानी समाजवाद स्थापनाको निम्ती निर्णायक संर्घष गर्ने वताएको छ । 
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका